अभिभावक अभिमुखीकरण तथा बिदाई कार्यक्रम सम्पन्न

विराटनगर, १२ चैत / विराटनगर –९ मा रहेको मदर टेरेसा मेमोरियल सेकेन्डेरी ई. बोर्डिङ स्कूले आज अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
“नेपाल करियर ट्रेनिङ फाउण्डेसन” काठमाडौंको प्राविधिक सहयोगमा गुणस्तरीय शिक्षामा अभिभावकको भुमिकामा नानीहरुको भविष्यसँग सम्बन्धित सिकाइमा अभिभावकको भुमिका, शिक्षामा सीप र असल अभिभावक कसरी बन्ने ? साथै असल नानीहरु कसरी बनाउने जस्ता विषयमा छलफल गरी आप्mना नानीहरुको प्रतिभा प्रस्फुटन गराउन जीवनको पक्षलाई राम्रो र समुधुर पल बनाउन तथा बालबालिकाको उज्जवल र सुनौलो भविष्यलाई दृष्टिकोणमा राखी औपचारीक कार्यक्र गरी सम्पन्न गरेको छ ।
त्यसैगरी एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई कक्षा ९ का विद्यार्थीहरुले विदाई गरेका छन् । ३८ जना एसईई दिएका विद्यार्थीहरुलाई स्कूलमा पढ्दाखेरीको आफ्ना अनुभवहरु बाड्दै भविष्यसँग सम्बन्धित योजनाहरुलाई अभिभावक तथा शिक्षक शिक्षिकाहरुसँग छलफल गरी परीक्षा दिएका विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना गर्दै भव्यतााकासाथ विदाई गरेको छ ।

News Images:

News Files:



Contact Us

Facebook